गृहमन्त्रीको राजीनामा माग गर्दै संसदमा कांग्रेसको नाराबाजी, बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै अवरोध गरेपछि संसद बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले आजको बैठकमा राखिएको कार्यसूची हटाएर बैठक स्थगित गरेका थिए ।

यसअघ आजै बसेको बैठक कांग्रेसको अवरोधकै कारण १५ मिनेट स्थगित गरिएको थियो। झन्डै दुई घन्टापछि पुनः सुरू भएको बैठक कांग्रेसको नाराबाजीपछि स्थगित भएको हो ।

सभामुख घिमिरेले गृहमन्त्रीलाई लामिछानेलाई राजनीतिक दलसम्बन्धी २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने समय दिएपछि कांग्रेसले संसद अवरोध गर्दै नाराबाजी गरेका थिए ।

कांग्रेसले अनुसन्धानको दायरामा रहेका गृहमन्त्री लामिछानेको विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै संसद अवरोध गरेको हो । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको जवाफ नआएसम्म कार्यसूचीमा प्रवेश गर्न नदिने चेतावनी दिएका थिए ।


Published :२ चैत्र २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media