एमाले रामेछापको अध्यक्षमा पुरुषोत्तम कडेरिया

राष्ट्रपाटी न्युज

बैशाख २८, २०८१

रामेछाप । नेकपा(एमाले) रामेछापको नवौं जिल्ला अधिवेशनवाट अध्यक्षमा पुरुषोत्तम कडेरिया चयन हुन सफल भएका छन्। कम्युनिष्टहरुको किल्ला मानिने रामेछाप जिल्लामा अध्यक्ष निर्वाचित भएर हालसम्मकै युवा अध्यक्ष बनेर इतिहाँस रच्न सफल भएका हुन । त्रि चन्द्र कलेजमा अनेरास्ववियुको तर्फबाट स्ववियु सचिव निर्वाचित बनेका कडेरियाले विधार्थी राजनीति छाडेर पार्टी राजनीतिमा प्रवेश गरेका थिए। यस अघि उनि नेकपा एमाले रामेछाप जिल्ला कमिटिको सचिव थिए।

सदरमुकाम मन्थली स्थित तीनलाल पार्कमा बुधवार, बिहीबार र शुक्रवार भएको एमाले रामेछापको नवौँ जिल्ला अधिवेशनले पुरुषोत्तम कडरियाको नेतृत्वमा ९० सदस्यीय कमिटि गठन गरेको हो । अध्यक्षमा कडरिया र सचिवमा प्रकाश कुमार कार्की सर्वसम्मत चयन भएका छन् भने अन्य पदाधिकारी तथा सदस्यहरूमा भने निर्वाचन भएको छ ।

निर्वाचनबाट एमाले रामेछापको उपाध्यक्षमा ३१० मत प्राप्त गरी होताराज ढकाल निर्वाचित भएका छन् । उनले ध्रुव कुमार कार्की, रमेश कुमार वाग्ले र ज्ञानबहादुर खड्कालाई हराएका हुन । कार्कीले २८७, वाग्लेले ४७ र खड्काले ३१ मत मात्रै पाएका छन् ।

त्यसै गरी उपसचिव पदमा दुई जना प्रतिस्पर्धीलाई हराउँदै मिलन कुमार घिसिङ ५०९ मत सहित निर्वाचित भएका छन् । उनका प्रतिद्धन्दीहरु दिनेश सुवेदीले ११८ र राजेन्द्र कुमार कार्कीले ४८ मत प्राप्त गरेका छन् । त्यसै गरी महिला उपसचिवमा तीन जनालाई हराउँदै मखमली श्रेष्ठ ४४० मत सहित निर्वाचित भएकी छन् । श्रेष्ठको प्रतिद्धन्दीहरु कमला शर्मा क्षेत्रीले ७८, अनिता तामाङ राईले ८० र मञ्जु माया कार्कीले ७७ मत प्राप्त गरेका छन् ।

एमाले रामेछापको नेतृत्व चयन गर्न ७०० जना मतदाता कायम भएकोमा ६७६ जनाले मत हालेका थिए ।

 


Published :बैशाख २८, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media