एकीकृत समाजवादी काठमाडौं ४ मा भएन सहमति, गरियो चुनाव

काठमाडौं । सर्बसम्मत हुन नसकेपछि नेकपा एकीकृत समाजवादी काठमाडौं क्षेत्र नं ४ मा महाधिवेशन प्रतिनिधिको लागि निर्वाचन प्रक्रिया अबलम्बन गरिएको छ ।आबश्यक ३ जना प्रतिनिधि मध्य २ खुला र एक महिला सबै कोटामा चुनाव भएको हो।

दुइ खुल्ला कोटामा ठाकुर प्रसाद खकुरेल ,मिलन खरेल,निरन्जन नेपाल,पुरुषोत्तम नेपाल तथा विष्णु खतिवडा उम्मेदवार रहेका थिए भने महिला तर्फ भक्त कुमारी भुजेल, प्रमिला सापकोटा, मिना पाण्डे र पुष्पा थापा खड्का महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका थिए।

करिब १०० जना संगठित सदस्यहरुले मतदान गरेकोमा ठाकुर प्रसाद खकुरेल ,मिलन खरेल र भक्त कुमारी भुजेल महाधिवेशन प्रतिनिधिमा बिजयी भएका छन् ।

सो प्रतिनिधि छनौटमा नेकपा एसका नगर अध्यक्ष निरन्जन नेपाल ,क्षेत्रीय सचिव पुरुषोत्तम नेपाल र महानगरका सचिव विष्णु खतिवडा पराजित भएका छन् ।

त्यस्तै गरि प्रमिला सापकोटा, मिना पाण्डे र पुष्पा थापा खड्का समेत पराजित भएका छन्।

यस अघि नेकपा एकीकृत समाजवादी काठमाडौंका सचिव धुर्ब राज न्यौपानेले सर्वसहमतिको लागि भन्दै उम्मेद्वारी दर्ता नगरेको जानकारी दिएका छन्।


Published :असार ६, २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media