ग्यास अभाव तत्काल हटाउन सरकारलाई राष्ट्रियसभा अध्यक्ष दाहालको निर्देशन

राष्ट्रपाटी न्युज

साउन २७, २०८३

काठमाडाै‌ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभावलाई तत्काल सम्बोधन गरी आपूर्ति व्यवस्था सहज बनाउन सरकारलाई निर्देशन दिएका छन् ।

बुधवार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले ग्यासको सहज आपूर्ति तथा विक्री वितरणका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । बैठकको शून्य तथा विशेष समयमा सदस्यहरूले बजारमा ग्यासको अभाव हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको विषय उठाएका थिए ।

 


Published :साउन २७, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media