
काठमाडौं । ओखलढुंगा भूगोल केन्द्रित रहेर नेकपा एकीकृत समाजबादीमा बिभिन्न तहमा सक्रिय रहेका नेताहरुले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। ओखलढुंगाबाट महाधिवेशन प्रतिनिधि छनोटमा विधि,विधान र पद्वतिको गम्भीर उल्लङ्घन गरिएको र त्यसको जानकारी केन्द्रमा गराउँदा समेत कुनै कारबाही नभएको र उल्टै उजुरीको नै हत्या गरिएको आरोप उनीहरुले लगाएका छन्। उनीहरुले नेकपा एकीकृत समाजबादी अबसरबाद र संकीर्णबादमा फसेर सिद्वान्तच्युत भएको भन्दै पार्टी परित्याग गरि स्वतन्त्र रहने घोषणा गरेका छन्।
उक्त पार्टी परित्याग गर्नेहरुमा कोशी प्रदेश कमिटि सदस्यहरु सीबी कार्की तथा गीता कुइंकेल, ओखलढुंगा काठमाडौ सम्पर्क मंच अध्यक्ष काजि थापा तथा सचिव श्यामनाथ घिमिरे , युवा संघ केन्द्रिय सदस्य राजीव थापा, ओखलढुंगा काठमाडौ सम्पर्क मंच उपाध्यक्ष जोहारचन्द्र कटुवाल, सदस्यहरु भक्त बहादुर धमला ,निरन्जन न्यौपाने तथा गोपी बिष्ट रहेका छन्।
