एकैदिन तोलामा २ हजार बढेर सुनको मूल्यमा नयाँ कीर्तिमान

राष्ट्रपाटी न्युज

२ कार्तिक २०८१

काठमाडौँ ।  सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको हो ।

महासङ्घका अनुसार सुनको मूल्य आज प्रतितोला रु. दुई हजारले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु. एक लाख ६२ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु. एक लाख ६४ हजार चार सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु. ३० ले बढेको छ । बिहीबार प्रतितोला रु. एक हजार नौ सय ५० मा कारोबार भएको आजका लागि भने रु. एक हजार नौ सय ८० निर्धारण भएको छ ।


Published :२ कार्तिक २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media