यस्ता छन् रौतहटबाट उपनिर्वाचनमा टिकट पाउने कांग्रेस उम्मेदवार

राष्ट्रपाटी न्युज

मंसिर २, २०८१

रौतहट । नेपाली कांग्रेसले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि रौतहटका तीन वटै वडाको वडाध्यक्ष पदमा उम्मेदवारी तोकेको छ। रौतहटको गढीमाई नगरपालिका–८, राजपुर नगरपालिका–६ र इशनाथ नगरपालिका–७ गरी तीन ठाउँमा उपनिर्वाचन हुन लागेको छ।

नेपाली कांग्रेसले यसअघि नै चयन गरेका यी तीन वटै वडाको अध्यक्ष पदका उम्मेदवारलाई टिकट वितरण गरेको कांग्रेसका मधेस प्रदेश प्रचार विभाग प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए।

कांग्रेसबाट गढीमाई नगरपालिका–८ मा सुबोध कुमार यादव, राजपुर नगरपालिका–६ मा सम्से आलम र इशनाथ नगरपालिका७ मा शेख अब्दुल खलिकले टिकट पाएको प्रचार विभाग प्रमुख गुप्ताले बताए।

उपनिर्वाचन हुन् लागेको जिल्लाको यी तीनवटै वडामा कांग्रेसका ठूलो जनाधार रहेकोले मङ्सिर १६ गते हुने उपनिर्वाचनमा तीन वटै वडा कांग्रेसले नै जित्ने गुप्ताको दाबी छ।


Published :मंसिर २, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media