दोलखाको गौरीशंकरमा माओवादीलाई उछिन्दै एमाले अघि

राष्ट्रपाटी न्युज

मंसिर १७, २०८१

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रलाई पछि पार्दै नेकपा एमालेले अग्रता लिएको छ।

यसअघि माओवादी केन्द्रका उम्मेदवार निम लेकी शेर्पाले अग्रता कायम राखिरहेकी थिइन्। पछिल्लो परिणाम अनुसार नेकपा एमालेकी उम्मेदवार उमा लुङ्गेली मगर शेर्पाले अग्रता बनाएकी छिन् ।

निर्वाचन आयोगका अनुसार, गौरीशंकरमा एमालेकी उमाले १ हजार ९ सय ७२ मत प्राप्त गरेकी छिन्। त्यस्तै, माओवादी केन्द्रकी उम्मेदवार निम लेकीले भने १ हजार ९ सय ६ मत प्राप्त गरेकी छिन्।

उनीहरूबीचको मतान्तर ७७ मतको छ। नेपाली कांग्रेसकी उम्मेदवार पासखिकी तामाङले भने १ हजार २ सय ८१ मत प्राप्त गरेकी छिन् ।


Published :मंसिर १७, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media