महिला टी-२० विश्वकप छनोटमा आज नेपाल र बहराइन खेल्दै

राष्ट्रपाटी न्युज

जेष्ठ १, २०८२

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा नेपाल र बहराइनको खेल आज हुँदैछ ।

थाइल्यान्डको तर्डथाई क्रिकेट ग्राउन्डमा हुने खेल दिउँसो सवा १२ बजे शुरू हुनेछ । यसअघि नेपालले बहराइनलाई ९ विकेटले हराएको थियो । त्सतै, नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । मंगलबार भएको अर्को खेलमा भने नेपाल हङकङसँग ७ विकेटले पराजित भएको थियो ।

महिला टी–२० विश्वकप एशिया छनोटमा ९ वटा टिम सहभागी छन् । नेपाल, बहराइन र हङकङ समूह ‘सी’ मा छन् । यस्तै समूह ‘ए’ मा भुटान, कुवेत र आयोजक थाइल्यान्ड तथा समूह ‘बी’ मा मलेसिया, कतार र यूएई छन् ।

प्रतियोगितामा हरेक समूहका शीर्ष टोली ‘सुपर थ्री’ मा पुग्नेछन् । ‘सुपर थ्री’ मा शीर्ष २ मा रहने टोली ग्लोबल छनोट चरणमा पुग्नेछन् ।


Published :जेष्ठ १, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media