एन प्याव्सन बुढानिलकण्ठको सपथ ग्रहण एवं पदस्थापन कार्यक्रम सम्पन्न

राष्ट्रपाटी न्युज

जेष्ठ ११, २०८२

काठमाडौं । नेसनल प्याव्सन बुढानिलकण्ठले आफ्नो पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको मिलनचोक पार्टी भेन्युमा भएको समारोहमा नव निर्वाचित अध्यक्ष राजेन्द्र पुडासैनी, उपाध्यक्ष मुरारी चालिसे, सचिव मोहन फुयाल , कोषाध्यक्ष सुबाष कोइराला र सदस्यहरु शम्भु अधिकारी, पबित्रा राना , मनोज नेपाल , रमेश खतिवडा र कमलमणि न्यौपानेको सपथ ग्रहणसहित पदस्थापन भएको थियो ।

नेसनल प्याव्सन काठमाडौं जिल्ला समितिका अध्यक्ष अमृत खड्काको अध्यक्षतामा भएको पदस्थापन समारोहमा बुढानिलकण्ठ -१० का वडाध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराई , बुढानिलकण्ठ -१२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराई , सामाजिक विकास समितिकी संयोजक शान्ता ढकाल पुडासैनी,केन्द्रीय उपाध्यक्ष बिष्णु पराजुली, महासचिव प्रकाश चन्द्र खड्का केन्द्रीय कोषाध्यक्ष खड्ग बस्नेत , बागमती प्रदेश कमिटी अध्यक्ष डि एन महतो सहित नेसनल प्याव्सनका नेता तथा सदस्य विधालयका प्रिन्सिपल तथा संचालकहरुको बाक्लो उपस्थिति रहेको थियो।


Published :जेष्ठ ११, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media