
बुढानिलकण्ठ। बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ११ को SEE परिक्षा दिइ बसेका विद्यार्थीहरुको लागि ब्रिज कोर्स कक्षा कार्यक्रम सम्पन्न भएको छ।
वडा भित्र बसोबास गर्ने तथा वडा भित्रका सामुदायिक तथा संस्थागत विद्यालयबाट २०८१ सालको SEE परिक्षा दिइ बसेका विद्यार्थी भाई बहिनीहरुको लागि १५ दिन ब्रिज कोर्स कक्षा सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ ।
यसैबीच उक्त कार्यक्रमको समापन समारोह सम्पन्न भएको छ। बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ११ मा रहेको ग्राम शिक्षा माविको सभाहलमा भएको उक्त समारोहमा वडाध्यक्ष राजु अधिकारी, वडा सदस्य शर्मिला गौतम, ग्राम शिक्षा माविका प्रअ रुद्र कोइराला , प्रशिक्षक, व्याबस्थापक तथा विधार्थीको उपस्थिति रहेको थियो।
कार्यक्रममा वडाध्यक्ष राजु अधिकारीले आगामी बर्ष देखि ब्रिज कोर्ष कार्यक्रमलाइ अझ व्याबहारिक र प्रभावकारी ढंगले संचालन गरिने र वडाबासी सबै विधार्थीले यो सुविधा लिन सक्ने बताएका थिए।त्यसैगरी कार्यक्रममा वडा सदस्य शर्मिला गौतम, ग्राम शिक्षा माविका प्रअ रुद्र कोइराला, प्रशिक्षक अनिता कोइराला लगायतले आफ्नो मन्तव्य राखेका थिए।