बुढानीलकण्ठ-४ मा रहेको बुढानीलकण्ठ खेलकुद मैदानको अनुगमन

राष्ट्रपाटी न्युज

जेष्ठ २३, २०८२

बुढानिलकण्ठ। बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ मा रहेको बुढानीलकण्ठ खेलकुद मैदानको निर्माण कार्यले गति लिंदै गएको छ। यसै सन्दर्भमा आज एक बिशेष टोलीले धनेश्वर खेलकुद मैदानको नामले चिनिने यस मैदानको अनुगमन गरेको छ। यस मैदानभित्र परेका केहि व्याक्तिका जग्गाहरुको मुहाब्जा प्रक्रिया अगाडी बढाउन आज जिल्ला प्रशासन कार्यालय काठमाण्डौको विशेष टोलीले अनुगमन गरेको र यो प्रक्रिया छिट्टै टुंगिने अवस्था सिर्जना हुँदै गएको वडाध्यक्ष श्री राम केसीले जानकारी दिएका छन्। उनका अनुसार यो योजना सम्पन्न गर्न बुढानीलकण्ठ नगरपालिकाको ५ करोड तथा संघीय सरकारबाट ३ करोड बजेट सुनिश्चित भैसकेको छ।

काठमाण्डौ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीको नेतृत्वमा आएको टोलीले अनुगमन गरेको थियो। उक्त टोलीमा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला सहितका अन्य राष्ट्रसेवक कर्मचारीहरुको उपस्थिति रहेको थियो।

अनुगमनको क्रममा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष श्रीराम केसी सहित वडा सदस्यहरु पवन कार्की तथा कृष्ण खत्रीको उपस्थिति रहेको थियो।


Published :जेष्ठ २३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media