बुढानिलकण्ठ -११ मा तेश्रो वडाध्यक्ष कप फुटसल प्रतियोगिता सम्पन्न

राष्ट्रपाटी न्युज

जेष्ठ २५, २०८२

बुढानिलकण्ठ । बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा तेस्रो वडाध्यक्ष कप फुटसल र वुद्दिचाल प्रतियोगिता सम्पन्न भएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का वडाध्यक्ष राजु अधिकारीको अध्यक्षतामा भएको प्रतियोगिता समापन समारोहमा प्रमुख अतिथिको रुपमा नगर प्रमुख मिठाराम अधिकारी रहेका थिए। उक्त अवसरमा बिजेता टोलि र खेलाडीहरुलाई पुरस्कार, मेडल तथा शिल्ड वितरण गरिएको थियो।

वडा नं ११ मा रहेको दीक्षालय नेपाल फाउन्डेसनमा भएको प्रतियोगिता समापन समारोहमा वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई, वडा नं. १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराई लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

सो प्रतियोगितामा स्वास्थ्य सहयोग कपन स्वास्थ्य चौकी र व्यवस्थापन बुढानीलकण्ठ राइट्सको रहेको थियो भने शैक्षिक साझेदार न्यूटन एकेडेमी तथा खेलकुद साझेदार द स्केटल्याण्ड रहेका थिए। आधारशिला युवा क्लबको सहकार्यमा भएको उक्त प्रतियोगितामा निम्न विजेताहरु रहेका छन।

फुटसल
पहिलो स्थान: श्री ग्राम शिक्षा मन्दिर उच्च माध्यमिक विद्यालय
दोस्रो स्थान: शारदा एकेडेमी
तेस्रो स्थान: दीक्षालय नेपाल फाउन्डेसन
सर्वश्रेष्ठ गोलरक्षक: सुरेन्द्र गुरुङ (श्री ग्राम शिक्षा मन्दिर विद्यालय)
उच्चतम गोलकर्ता: नोर्बु शेर्पा (शारदा एकेडेमी)

चेस
छात्रतर्फ विजेता: भुवन तामाङ (साम्तेन मेमोरियल एजुकेशनल एकेडेमी)
छात्रातर्फ विजेता: पवित्रा बराइली (श्री ग्राम शिक्षा मन्दिर)


Published :जेष्ठ २५, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media