
बुढानिलकण्ठ। धार्मिक एवं सांस्कृतिक सम्पदाहरू र विकास निर्माणका कार्यहरू अवलोकन तथा पर्यटकिय गन्तव्यहरुको पहिचान एवं प्रचारप्रसार गर्ने उद्देश्यले बुढानिलकण्ठ नगरपालिका वडा नं. १ मा पदयात्रा कार्यक्रम सम्पन्न भएको छ।
बुढानिलकण्ठ नगरपालिका वडा नं. १ को आयोजनामा भएको पदयात्रा कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामा प्रमुख अतिथिको रुपमा रहेकी थिइन् भने उक्त कार्यक्रममा वडाध्यक्ष सुरेन्द्र लामा, वडा सदस्यहरू, पत्रकारहरु तथा स्थानीय बासिन्दाहरू सहित करिव ३०० जनाको उपस्थिति रहेको थियो।
कार्यक्रमले वडाभित्र सम्पन्न भएका विकास निर्माण कार्यहरूको स्थलगत अवलोकन, धार्मिक, सांस्कृतिक सम्पदाहरूको संरक्षण र पर्यटन विकासका सम्भावनालाई उजागर गर्न सहयोग पुर्याउने वडाध्यक्ष सुरेन्द्र लामाको भनाइ छ। सहभागीहरूले विभिन्न धार्मिक स्थल, पुराना मठमन्दिर, प्राकृतिक सौन्दर्यले भरिपूर्ण क्षेत्र र हालै सम्पन्न विकास निर्माण कार्यहरूको स्थलगत अवलोकन गरेका थिए।
स्थानीय बासिन्दाहरूले पदयात्रा समुहलाई ठाउं ठाउंमा भव्य रुपमा स्वागत गरेका थिए।

