काँचुली फेर्दै नेपाल चार्टर आधारभूत विद्यालय

बुढानिलकण्ठ। बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० मा रहेको नेपाल चार्टर आधारभूत विद्यालयले छोटो समयमा नै काँचुली फेर्न सफल भएको छ। बर्षौं देखि विभिन्न आरोह अबरोह पार गर्दै आएको यो विधालय अहिले प्रधानाध्यापक बलराम फुयाँल र अध्यक्ष चन्द्रमान श्रेष्ठको नेतृत्वमा एउटा अभिभावकको मन जित्न सफल विधालयको रुपमा स्थापित हुन पुगेको स्थानियहरुको प्रतिक्रिया छ।

यो बर्ष मात्रै यो विधालयमा ६४ जना नयाँ विधार्थी भर्ना भएर रेकर्ड कायम हुन पुगेको छ। विधालयमा रमाइलो शुक्रवार लगायतका नियमित शैक्षिक एवं प्रशासनिक गतिविधिहरु चुस्त एवं दुरुस्त रुपमा संचालन हुन्छन भने स्थानीय अभिभावकहरुको विश्वास पनि बिधालयले जित्दै गएको छ।

यसै बर्ष विधालयले पन्च बर्षिय विधालय सुधार योजना २०८२ – २०८७ ल्याउन सफल भएको छ। आगामी पाँच बर्ष चाल्नुपर्ने रणनीति र खेल्नुपर्ने भूमिका स्पस्ट पार्दै विधालयको टिम अगाडी बढेको देखिन्छ। त्यसैगरी शिक्षक कर्मचारिहरुसंग शैक्षिक सत्र २०८२ को लागि २१ वुंदे कार्य सम्पादन करार सम्झौता गरेर विधालयले सुनिश्चित भविष्यको योजना बनाएको छ।

यसैविच नेपाल चार्टर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्काउट पोशाक वितरण गरिएको छ। विद्यालयका प्रधानाध्यापक बलराम फुंयालको अध्यक्षता तथा बुढानिलकण्ठ नगर उपप्रमुख अनिता लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पोशाक वितरण गरिएको थियो। उक्त कार्यक्रममा नगरपालिकाको शिक्षा महाशाखा प्रमुख ललित विक्रम सिंह, नगर कार्यपालिका सदस्य तथा सामाजिक विकास समिती संयोजक शान्ता ढकाल , विद्यालय व्यवस्थापन समिती अध्यक्ष चन्द्रमान श्रेष्ठ, श्रोत व्यक्ति जय कुमार श्रेष्ठ,बुढानिलकण्ठ स्काउटका राजाराम भण्डारी, राज खड्का ,स्वस्तिक कार्की लगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी लायन्स क्लव अफ काठमाण्डौ कैलाशले विधालयलाई ३० सेट डेस्क बेन्च र ३ वटा ह्वाइट बोर्ड सहयोग गरेको छ।

विगतमा ओखलढुंगा जिल्ला चम्पादेवी-९ मा रहेको जीवनज्योति माध्यमिक विधालयमा १२ बर्ष प्रधानाध्यापक रहेर व्यापक सकारात्मक सुधार गरेर अनुभव प्राप्त गरेका र हाल यस विधालयमा प्रधानाध्यापकको रुपमा नेतृत्व गरिरहेका बलराम फुँयालको निरन्तर प्रयास मेहेनत र लगावले विधालयले आमुल परिवर्तनको दिशा लिएको भन्दै सबैले प्रशंसा गर्ने गरेको पाइएको छ।


Published :असार १, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media