
काठमाडौं- बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० कपनमा रहेको रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ४ जीपीए प्राप्त गरेका छन् ।
रिलायन्सबाट २०८१ सालको एसईई परीक्षामा १०२ जना विद्यार्थी सहभागि भएका थिए । जसमध्ये ४ जीपीए ल्याउने १९ जनासहित ९७ जनाले ३.६० देखि ४ जीपीएसम्म ग्रेड ल्याएको र ५ जनाले ३.२० देखि ३.६० सम्म जीपीए प्राप्त गरेको विधालयले जानकारी दिएको छ।
२०८० सालको एसईई परीक्षामा पनि ५ जनाले ४ जीपीए प्राप्त गरेका थिए । निरन्तर एसईईमा अब्बल नतिजा ल्याउँदै आएको रिलायन्स गत वर्ष संस्थागत विद्यालयतर्फ बागमती प्रदेशकै दोस्रो भएको थियो । त्यसअघि २०७९ सालमा रिलायन्स बागमती प्रदेशकै प्रथम भएको थियो । जसबापत रिलायन्सलाई बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले सम्मान समेत गरेको थियो ।
