
काठमाडौं। नेशनल प्याब्सन काठमाडौं जिल्ला समितिको संयोजन, बुढानीलकण्ठ नगर समितिको आयोजना एवं आदिम नेसनल कलेजको सहयोगमा “विचारको भिडन्त, ज्ञानको उज्यालो!” भन्ने नाराका साथ काठमाडौं जिल्लास्तरीय वादविवाद प्रतियोगिता सम्पन्न भएको छ। “रोजगारीको लागि विदेशिने हो कि उद्यमशीलताले देशलाई बदल्ने हो?” भन्ने महत्वपूर्ण विषयमा प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा काठमाडौं जिल्लाका विभिन्न विद्यालयबाट विद्यार्थीहरू सहभागी बनेको नेशनल प्याब्सन बुढानीलकण्ठ नगर समितिका अध्यक्ष राजेन्द्र पुडासैनी(राजु) ले जानकारी दिएका छन् ।
असार १५ गते बुढानीलकण्ठ–१० स्थित मिलनचोक पार्टी भेन्युमा नेसनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुबास न्यौपानेको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रमको सभाध्यक्ष बुढानीलकण्ठ नगर समिति अध्यक्ष राजेन्द्र पुडासैनी (राजु) रहेका थिए भने अतिथिका रूपमा नेसनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पराजुली, केन्द्रीय सचिव मनोज श्रेष्ठ,केन्द्रीय सदस्य भिष्मराज ढकाल,बागमती प्रदेश अध्यक्ष डिएन महतो, जिल्ला अध्यक्ष अमृत खड्का, उपाध्यक्षहरू समीर बास्तोला, नारायणबाबु तिम्सिना लगायत पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो।
कार्यक्रम संयोजकको भूमिकामा कमलमणि न्यौपाने तथा संचालनमा मोहन फुयालले भूमिका निर्वाह गरेका थिए।
उक्त प्रतियोगितामा मेघा पब्लिक स्कूलकी कृशाला प्याकुरेल प्रथम, पाणिनी स्कूलकी आशिस्मा भट्टराई दोस्रो, मिलन धर्मस्थलीकी कृस्टिना सिम्खडा तृतीय तथा बोधी सदनकी जेशिका राउत र बेस्ट ग्रुप भिजन स्कूलकी कृपा घले सान्त्वना पुरस्कार विजेता घोषित भएका थिए ।विजेताहरूलाई शिल्ड, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो।
