निब्स कलेजमा कक्षा ११ मा भर्ना खुल्यो – प्राचार्य डि एन महत्तो

राष्ट्रपाटी न्युज

असार १७, २०८२

काठमाडौं। बूढानिलकण्ठ नगरपालिका वडा नम्बर ९ मा रहेको नेशनल आइडियल बोर्डिङ्ग हाइस्कुल (निब्स) कलेजमा कक्षा ११ मा भर्ना खुलेको छ। ” सिकाईमा स्तरीयता, हाम्रो प्रतिबद्धता ” भन्ने भावना सहित बिगत १९ बर्ष देखि शिक्षा क्षेत्रमा अनवरत योगदान पुर्याउदै आएको यस बिधालयमा कक्षा ११ मा बिज्ञान, व्यबस्थापन र मानविकीका बिभिन्न बिषयमा भर्ना खुलेको विधालयका प्राचार्य डि एन महत्तोले जानकारी दिएका छन्।

विधालयको परिचय
बुढानिलकण्ठ नगरपालिका वडा नं ९ मण्डिखाटारमा रहेर लामो समयदेखि शिक्षा क्षेत्रमा योगदान पुर्याइरहेको नेसनल आइडियल बोर्डिंग स्कुल/कलेज (निब्स) पूर्ण अङ्ग्रेजी माध्यमबाट पढाइने आवासीय विद्यालय हो । यो नेपाल सरकारबाट मान्यता प्राप्त ‘ख’ श्रेणीको विद्यालय हो । यो बुढानिलकण्ठ नगरपालिका, काठमाडौंको मण्डिखाटारमा अवस्थित छ र चक्रपथको धुम्बाराहीचोकबाट ५०० मिटर उत्तरतर्फ मनमोहन मार्गमा पर्दछ।

हाल विद्यालयमा नर्सरी देखि १२ कक्षासम्मको पठनपाठन गराइन्छ । साथै, क्रमशः प्रत्येक वर्ष कक्षा बढाउँदै कलेज लेवलसम्मको अध्ययन-अध्यापन गराइने अठोट लिएको छ। यो विद्यालय वास्तवमा संस्थापक एवम् केही शिक्षाविद्हरुको सपना र कल्पनाको उपज हो, जसलाई सार्थक पार्न संस्थापक स्वयम् पनि हरघडी व्यस्त देखिन्छन। विद्यालयका शिक्षक तथा कर्मचारी दक्ष, अनुभवी एवम् प्रेरणादायी हुनुका साथै विद्यार्थीको चौतर्फी विकासका लागि समर्पित छन् । विद्यालय परिवारले प्रत्येक विद्यार्थी आफैमा विशेष हुन्छ भन्ने मान्यता राखेको छ । विद्यार्थीहरुलाई सोही अनुसार न्यानो र असल शैक्षिक वातावरण सिर्जना गरी शिक्षा दिने कार्य गर्दछौं । जसमा साथ दिन्छ विद्यालयको भौतिक संरचना, हेरविचार र उच्च किसिमको व्यवस्थापन एवम् दक्ष कर्मचारीले साथै तिनीहरुले विद्यार्थीलाई आधुनिक प्रविधिसँग परिचित गराउने कार्य पनि गर्दछन्।

विधालयमा उपलब्ध सुविधाहरु
• Practical based teaching (CPS system), play room and large Play ground • Well equipped computer lab, science lab, music lab, play station, maths lab and library Individual guidance and counseling with electronic classes.
•Highly experienced and qualified faculty members.
• Games (basketball, football, karate, TT and more as per needs of student. Regular test, project work, excursion, visits with effective evaluation system. • Door to door bus service with affordable price
• Excellent boys and girls hostel with tutors and warden.
•High class canteen service available in school.
Sick room and first aid service with regular health check UP
. • Accidental insurance for each student upto Rs. 75,000/-.
• संस्कार सहितको आधुनिक र व्यवहारिक शिक्षा
• CPS (Complete Pre-school system), खेल्ने कोठाः प्ले स्टेशन, ठूलो खेल मैदान विज्ञान, गणित, कम्प्युटर, म्युजिक र नृत्यको छुट्टाछुट्टै प्रयोगशाला र पुस्तकालयको व्यवस्था
• प्रत्येक बच्चालाई छुट्टाछुट्टै हेरविचार, अभिभावकत्व र परामर्श
• श्रव्य-दृश्य कक्षाहरुको व्यवस्था
• दक्ष र अनुभवी, शिक्षक कर्मचारी
• खेलकुदः (बास्केटबल, फुटबल, कराँते, टेबल-टेनिस, ब्याडमिन्टन तथा विद्यार्थीको आवश्यकता अनुसार अन्य खेलहरु (राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका)
• नियमित जाँच, परियोजना कार्य, शैक्षिक भ्रमण, विषयगत भ्रमण आदिको माध्यमबाट प्रभावकारी मुल्यांकन प्रणाली
• घर दैलोसम्म सुलभ एवं सस्तो दरमा सुविधायुक्त स्कुलबसको व्यवस्था
• विषय शिक्षक र वार्डेन सहित सु-व्यवस्थित छात्राबासको व्यवस्था
• विद्यालय हाताभित्र स्वच्छ र स्तरीय चमेनागृहको व्यवस्था
• विरामी कोठा, नियमित स्वास्थ्य जाँच र प्राथमिक उपचारको व्यवस्था
• प्रत्येक विद्यार्थीको लागि रु.७५०००।- सम्मको दुर्घटना विमाको व्यवस्था ।
( विधालयका संस्थापक प्रिन्सिपल डि.एन.महतोसंगको सम्बादको आधारमा तयार गरिएको )


Published :असार १७, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media