
काठमाडौं । “समृद्ध नेपाल, सुखी नेपाली – गुणस्तरीय सेवा, जिम्मेवार ट्रेड युनियन ” भन्ने मुख्य नारा सहित सक्रिय रहेको पेसागत महासङ्घ नेपाल
(CONEP) राष्ट्रिय समितिले छलफल र उपहार वितरण कार्यक्रम सम्पन्न गरेको छ। बुढानिलकण्ठ नगरपालिकाको सभाहलमा जननेता मदन भण्डारी को ७४ औं जन्मजयन्तीको सन्दर्भमा आयोजित “जबज, सुशासन र स्थानीय प्रशासन” विषयक छलफल र उपहार वितरण कार्यक्रम भव्य रुपमा सम्पन्न भएको पेसागत महासङ्घ नेपालका केन्द्रिय महासचिव केदार देवकोटाले जानकारी दिएका छन्।
यहि असार १६ गते महासङ्घका अध्यक्ष पुण्यप्रसाद ढकालको अध्यक्षता एवं महासचिव केदार देवकोटाले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेकपा एमाले पोलिटव्युरो सदस्य एवं इन्चार्ज रामेश्वर फुयाँल प्रमुख अतिथिको रुपमा रहेका थिए भने पुर्व अध्यक्ष बाबुराम थापा ,नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष भवानी न्यौपाने , महासंघका उपाध्यक्षहरु हरि प्रसाद श्रेष्ठ , भोला पोख्रेल , बुढानिलकण्ठ नगरपालिकाका प्रमुख , उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत विभिन्न घटक संगठनका प्रतिनिधिहरु, कर्मचारीहरु , जनप्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा तारा प्रसाद भुसालले जबज, सुशासन र स्थानीय प्रशासन सम्बन्धि आफ्नो प्रस्तुति राखेका थिए भने नेकपा एमाले पोलिटव्युरो सदस्य एवं इन्चार्ज रामेश्वर फुयाँल,नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष भवानी न्यौपाने, उपाध्यक्ष भोला पोख्रेल, नगर प्रमुख मिठाराम अधिकारी लगायतले आफ्नो विचार राखेका थिए।
यसैबीच महासंघले संचालन गरेको राष्ट्रव्यापी चिट्ठा कार्यक्रममा भाग्यशाली व्याक्तित्वहरुलाई उपहार प्रदान गरिएको थियो। उक्त कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले दोश्रो उपहार स्कुटर प्राप्त गर्न सफल भएका थिए। प्रथम पुरस्कार मोटर साइकल रहेको थियो भने तृतीय एवं सान्त्वना पुरस्कार बिभिन्न व्यक्तिहरुले प्राप्त गरेका थिए।