महाकाली नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन मौसम विभागको आग्रह

राष्ट्रपाटी न्युज

असार २८, २०८२

कञ्चनपुर । जल तथा मौसम विज्ञान विभागले महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

भारतस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका शुक्रबार राति १२ बजेदेखि शनिबार मध्याह्न १२ बजेसम्मका लागि खोलिएकाले महाकाली नदीमा जलसतह बढ्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन विभागले आग्रह गरेको हो ।

विभागले सूचना अजारी गर्दै महाकाली नदीको जलसतह बढ्ने जनाउँदै आइतबार बिहानसम्म सतर्कता अपनाउन आग्रह गरेको हो ।

त्यसैगरि धौलीगङ्गा पावर स्टेशन एनएचपीसीले पनि एक सूचना जारी गर्दै शुक्रबारदेखि बाँधका ढोका खोल्ने जनाएको छ ।

पावर स्टेशनको जलाशयमा पानी अत्यधिक भएकाले सल्ट सरसफाइका लागि आकस्मिक रूपमा बाँध खोल्नुपरेको एनएचपीसीले जनाएको छ ।


Published :असार २८, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media