
बुढानीलकण्ठ । बुढानीलकण्ठ नगरपालिका वडा नं. ८ बुढानीलकण्ठ नगरपालिकाको सर्वाधिक राजस्व संकलन गर्ने वडा हुन सफल भएको छ। आर्थिक वर्ष २०८१/०८२ मा यस वडाले रु. ५,२०,००,०००।०० (रु पाँच करोड बीस लाख मात्र) राजस्व संकलन गरी बुढानीलकण्ठ नगरपालिकाको सर्वाधिक राजस्व संकलन गर्ने वडा हुन सफल भएको हो।
आज बुढानिलकण्ठ नगरपालिकाको सभाहलमा आयोजित बार्षिक नगर विकास योजना सार्वजनिक गर्ने कार्यक्रममा यस वडालाई चाँदीको तक्मा सहित सम्मान गरिएको छ। बुढानीलकण्ठ नगरपालिका वडा नं. ८ का वडाध्यक्ष सुमन तामांग सहित वडाका जनप्रतिनिधी तथा कर्मचारीहरुले उक्त सम्मान पूर्व राष्ट्रपति विधादेवी भण्डारीबाट ग्रहण गरेका थिए।
वडाध्यक्ष सुमन तामांगले सामाजिक संजाल फेसबुक मार्फत धन्यबाद व्यक्त गर्दै भनेका छन् – “यस सफलताको शिखरमा पुग्नका लागि समयमै कर/दस्तुर बुझाउनु भई सिँढी निर्माणको कार्य गर्नुभएकोमा सम्पुर्ण वडावासी तथा करदाताहरुमा समेत वडा कार्यालयको तर्फबाट सम्मान सहित धन्यवाद व्यक्त गर्दछौँ ।”