
दोलखा। राष्ट्रिय युवा संघ नेपाल दोलखा जिल्ला कमिटीको प्रथम बैठक सम्पन्न भएको छ। जिल्ला कमिटि संयोजक सुरज खडकाको अध्यक्षतामा बसेको बैठकको प्रमुख अतिथि नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा दोलखा जिल्ला ईन्चार्ज एबम पुर्व मन्त्री पार्वत गुरुङ रहेका थिए भने विशेष अतिथी बाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री भरत बहादुर केसी रहेका थिए। उक्त बैठकमा नेकपा एमाले दोलखा जिल्ला कमिटी अध्यक्ष नर बहादुर श्रेष्ठ, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटी सदस्य एबम दोलखा ईन्चार्ज सरोज बस्नेत , राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटी सदस्य सुजन श्रेष्ठ र राष्ट्रिय युवा संघ नेपाल शिक्षा बिज्ञान तथा प्रविधि बिभाग सदस्य विशाल काफ्ले खत्री लगायतको उपस्थिति रहेको थियो।
उक्त बैठकले संगठनलाई अधिवेशन केन्द्रित बनाउने र हरेक वडा र पालीकाको अधिवेशन अगामी मंसिरसम्म सम्पन्न गरेर जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो । त्यसैगरी उक्त बैठकमा यहि भदौ २० देखि २२ गतेसम्म हुने नेकपा एमालेको दोश्रो विधान महाधिवेशनको विषयमा छलफल गरिएको थियो भने बागमती प्रदेश वन तथा वातावरण मन्त्री भरत बहादुर केसी , संगठनका केन्द्रीय जिम्मेवारीमा रहेका सरोज बस्नेत ,सुजन श्रेष्ठ र विशाल काफ्ले खत्री एबम जिल्ला संयोजक सुरज खडकालाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो। दोलखाको चरिकोट स्थित नेकपा एमालेको जिल्ला कार्यलयमा उक्त बैठक सम्पन्न भएको थियो।