झापामा करेन्ट लागेर एक युवकको मृत्यु

विर्तामोड । झापाको कनकाइ नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। कनकाइ नगरपालिका–१ खहरे खोलामा बस्ने ३७ वर्षीय पङ्कज माझीले बिहान करिब ८ः३० बजे बिजुलीको खम्बाबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लाग्दा ज्यान गुमाएका हुन्।

घटनाबारे जानकारी प्राप्त हुनासाथ अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (प्रनाउ) विजय श्रेष्ठले जानकारी दिए ।


Published :भदौ ७, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media