
बुढानिलकण्ठ।। बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ मा यहि असौज ८ ,९ र १० गते विहान ७ बजेदेखि राजस्व संकलन कार्य संचालन हुने भएको छ।
महालेखा नियन्त्रक कार्यालयबाट संचालित स्थानीय तह संचित कोष व्यवस्थापन प्रणाली (SUTRA) मर्मत एवं क्षमता बढाउने कार्य भईरहेकोले राजस्व संकलन कार्य केही दिन अवरोध भएको थियो।
सेवाग्राहीहरूलाई सहजताको लागि वडा कार्यालयबाट विहान ७ बजेदेखि राजस्व संकलन कार्य संचालन गरिने वडाध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन्।
वडाध्यक्ष राजेन्द्र श्रेष्ठको हस्ताक्षर रहेको सुचनामा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ का सम्पूर्ण वडावासीहरुलाई जानकारी गराइएको छ।
