
बुढानिलकण्ठ।। बुढानिलकण्ठ नगरपालिकामा आज शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको छ। बुढानिलकण्ठ नगरपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा आउँदै गरेका नेपालीहरुका चाडपर्वहरु बडादशैं , तिहार , नेपाल सम्बत ११४६ तथा छठपर्वको अबसरमा शुभकामना आदान प्रदान गरिएको थियो।
कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, वडाध्यक्षहरु नबराज भट्टराई, शम्भु प्रसाद भट्टराई , राजु अधिकारी, सुमन तामांग,रवि खड्का , वडा सदस्यहरु बालमाया श्रेष्ठ र मुना महर्जनले आफ्नो शुभकामना मन्तव्य राखेका थिए।
नगर प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, वडाध्यक्षहरु नबराज भट्टराई, शम्भु प्रसाद भट्टराई , राजु अधिकारी, सुमन तामांग,रवि खड्का , वडा सदस्यहरु , राष्ट्रसेवक कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो।