जीप दुर्घटनामा तीनजनाको मृत्यु

राष्ट्रपाटी न्युज

अशोज २४, २०८२

सिमकोट । चङ्खेली गाउँपालिका–४ देसीखोलामा आज बिहान ११ः०० बजे बोलेरो जीप दुर्घटना परी घाइते भएकाहरूको थप उपचारका लागि  प्रादेशिक अस्पताल सुर्खेतमा उद्धार गरिएको छ।

घाइते भएका सिमकोट गाउँपालिका–८ का महेन्द्र रोकाया, उनका छोरा र चङ्खेली गाउँपालिका–४ की पार्वती सिराको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो। घाइते भएका अन्य चार जनाको पनि पुनः उद्धारको तयारी भइरहेको स्थानीय ध्रुव शाहीले बताए। सोही गाउँपालिका–६ को मेल्छामबाट गाउँपालिका केन्द्र पिप्लाङ हुँदै सुर्खेत जाने क्रममा जीप दुर्घटनामा परेको थियो।

तीन जनाको घटनास्थमै मृत्यु 
आज दुर्घटनामा परी तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए। उनका अनुसार बोलेरो जीप दुर्घटना हुँदा मृत्यु हुनेमा चङ्खेली गाउँपालिका–६ मनवीर बुढा, उहाँका छोरा र सिमकोट गाउँपालिका–८ की वसन्ती बुढा रहेका छन्।

त्यहाँ रहेको प्रहरी चौकीका प्रहरी र सर्वसाधारणले घटनास्थलमा पुगेर घाइतेको उद्धार गरेका थिए। ग्रामीण कच्ची सडकबाट जीप तीन सय मिटर तल खसेको थियो। कर्णाली प्रदेश०२००१च १०९१ नम्बर जीप दुर्घटनामा परेको हो ।


Published :अशोज २४, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media