माछा मार्ने क्रममा खोलामा डुबेर तीन बालिकाको मृत्यु

राष्ट्रपाटी न्युज

अशोज ३०, २०८२

झापा । झापाको गौरादह नगरपालिका–९ स्थित सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर आज दिउँसो तीन बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरी सात वर्षीया सुष्मा, नौ वर्षीया स्वीकृति र निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी छन्।

उनीहरूको माछा मार्ने क्रममा खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले घटनास्थल पुगिसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।


Published :अशोज ३०, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media