तिहार शुरु भएसँगै काठमाडौंका सडक सुनसान

राष्ट्रपाटी न्युज

कार्तिक ३, २०८२

काठमाडाैं । तिहार शुरु भएसँगै काठमाडौं उपत्यकाका सडकहरु सुनसान देखिन थालेका छन् ।

आज तिहारको तेस्रो दिन कुकुर तिहार मनाइँदैछ । तिहारमा केही काठमाडौंलाई कर्मथलो बनाएर बसेकाहरु गाउँ फर्किएका छन् भने कोही कार्यालय बन्द हुँदा घरमै आराम गरिरहेका छन् ।

जसकारण पनि उपत्यकाका सडकमा सुनसान देखिन्छ । सडकमा सवारीसाधनहरुको चाप धेरै कम रहेको छ । मानिसहरु बजारमा सामान किनमेलमा व्यस्त देखिन्छन् । तिहार नेपालीहरुको बडा दशैँपछिको दोस्रो ठूलो चाड हो ।


Published :कार्तिक ३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media