चितवनमा स्कुटर दुर्घटना हुँदा दुईजनाको मृत्यु

राष्ट्रपाटी न्युज

कार्तिक ४, २०८२

भरतपुर । चितवनमा सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । भरतपुर विमानस्थलनजिकै आज बिहान स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको हो ।

बिहान भरतपुर–१० स्थित विमानस्थलनजिकै बाप्र ०६–००३ प ०६९२ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परी स्कुटर चालक भरतपुर–२१ का २५ वर्षीय सन्दीप घिमिरे र स्कुटर पछाडि सवार सोही स्थानका २८ वर्षीय कुशल अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा दुवैजनाको टाउकामा चोट लागेर गम्भीर अवस्थामा उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो ।


Published :कार्तिक ४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media