
काठमाडौं । आगामी मङ्सिर २७ गतेबाट शुरु हुने नेकपा एमालेको ११ औं महाधिवेशनका लागि विभिन्न तयारीहरु शुरु भएका छन्। आगामी मङ्सिर १३ गते प्रतिनिधि चयन गरिने छ भने त्यसको लागि ९ गते उम्मेद्वारी दर्ता गरिने कार्यक्रम रहेको छ।
यसै सन्दर्भमा उक्त महाधिवेशनको लागि नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ४ ले ५ जना प्रतिनिधि पाउने छ। त्यस मध्ये १ जना महिला, १ जना युवा एवं ३ जना खुल्ला उम्मेदवार रहनेछन्। उक्त संख्या भित्र प्रतिनिधि जान दर्जनौं एमालेका नेता कार्यक्रताको दावी रहने देखिन्छ।
यसैबिच काठमाडौं जिल्ला सदस्य एवं बुढानिलकण्ठ १२ इन्चार्ज रामशरण सापकोटाले महाधिवेशन प्रतिनिधिको लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। ४० बर्ष मुनिका युवा समुहवाट उनले उम्मेदवारी दिने बताइएको छ।
साविक कपन गाविस हुँदा तत्कालिन युथ फोर्सको संयोजक रहेर जिम्बेवारी बहन गरिसकेका सापकोटा युवा संघ नेपालकाे क्षेत्र नम्बर ४ काे सचिवको रुपमा काम गरिसकेका युवा हुन्।स्ववियु निर्वाचनमा ललिताकला क्याम्पसकाे उपसभापतिमा प्रतिश्पर्धा गरिसकेका सापकोटा हाल जनसङ्गित मन्चकाे केन्द्रीय सदस्य समेत रहेका छन्।
तत्कालिन नेकपा बिभाजन पश्चात एकीकृत समाजबादीको समर्थन गरेका उनि केहि समय अघि नेकपा एमालेमा प्रवेश गरेका थिए। पार्टी एकतालाइ संस्थागत गर्दै एमालेको घर फर्क अभियानलाई अझ सफल बनाउन र एकतालाई व्याबहारिक रुपमा संस्थागत गर्न आफू महाधिवेशन प्रतिनिधि बन्नु उपयुक्त हुने उनको तर्क छ।