केन्द्रिय सदस्य उठ्ने योजना सहित मन्त्री जयराम थापा महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने

राष्ट्रपाटी न्युज

मंसिर ७, २०८२

काठमाडौं । आगामी मङ्सिर २७ गतेबाट शुरु हुने नेकपा एमालेको ११ औं महाधिवेशनका लागि विभिन्न तयारीहरु शुरु भएका छन्। आगामी मङ्सिर १३ गते प्रतिनिधि चयन गरिने छ भने त्यसको लागि ९ गते उम्मेद्वारी दर्ता गरिने कार्यक्रम रहेको छ।

यसै सन्दर्भमा उक्त महाधिवेशनको लागि नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ४ ले ५ जना प्रतिनिधि पाउने छ। त्यस मध्ये १ जना महिला, १ जना युवा एवं ३ जना खुल्ला उम्मेदवार रहनेछन्। उक्त संख्या भित्र प्रतिनिधि जान दर्जनौं एमालेका नेता कार्यक्रताको दावी रहने देखिन्छ।

यसैबिच बागमती प्रदेश श्रम ,रोजगार तथा यातायात मन्त्री जयराम थापाले महाधिवेशन प्रतिनिधिको लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। बदलिदो परिश्थिति अनुसार बौद्विक एवं युवा पुस्तामा नेतृत्व हस्तान्तरणको एजेन्डा सहित उम्मेदवारी दिन लागेको उनको भनाइ छ। हालको परिस्थितिमा केपी वलीको नेतृत्वको बिकल्प नरहेको स्पस्ट मान्यता सहित पार्टी संस्थापन पक्षको उम्मेदवारको रुपमा थापाले उम्मेदवारी दिने बताइएको छ। अझै एकपटक केपी वलीको नेतृत्व सुद्रिढ र शसक्त एमालेको लागि आबश्यक रहेको विश्लेषण मन्त्री थापाको छ।

काठमाडौं ४ बाट महाधिवेशन प्रतिनिधि चयन भएमा स्वाभाविक रुपमा नेकपा एमालेको केन्द्रिय सदस्यको दावेदारको रुपमा प्रस्तुत गर्दै केन्द्रिय सदस्यमा उम्मेदवारी दिने योजना समेत मन्त्री थापाको रहेको छ।

थापा नेकपा एमालेको तर्फबाट २०७९ सालको निर्वाचनमा काठमाडौं ४ (२) बाट प्रतक्ष्य निर्वाचित प्रदेश माननीय हुन्।


Published :मंसिर ७, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media