निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति

राष्ट्रपाटी न्युज

मंसिर ११, २०८२

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति प्रदान गरेका छन्।

मन्त्रिपरिषद्‍ले गत मंसिर ८ गतेको निर्णयमा उल्लेख भएबमोजिम राष्ट्रपति पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन सम्पन्‍न गर्न सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

यसअघि राष्ट्रिय सुरक्षा परिषद्ले निर्वाचनमा नेपाली सेना परिचालन गर्नका निम्ति सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो। सोही आधारमा मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेललाई सेना परिचालनका निम्ति सिफारिस गरेको थियो ।


Published :मंसिर ११, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media