बुढानिलकण्ठ नगरपालिकामा ३ दिने Street Food Festival हुने,स्टल दर्ता खुल्ला

बुढानिलकण्ठ। बुढानिलकण्ठ नगरपालिकामा ३ दिने Street Food Festival हुने भएको छ।

यहि पौष २५ ,२६ र २७ गते बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ र ५ मा बुढानिलकण्ठ मन्दिर नजिकै मिलनचोकदेखि बुढानिलकण्ठ स्कुलसम्म विविध स्वाद र संस्कृति सहितको Street Food Festival आयोजना गरिने बुढानिलकण्ठ नगरपालिकाद्वारा जारि सुचनामा जानकारी दिइएको छ।

यसैबीच उक्त Festival लागि खाद्य स्टल दर्ता खुला गरिएको छ। स्वादिष्ट परिकार, स्थानीय उद्यमशीलता र उत्सवको माहोलमा सहभागी हुन इच्छुक व्यवसायी तथा व्यक्तिहरूले समयमै स्टल दर्ता गर्न नगरपालिकाले अनुरोध गरेको छ।

सरोकारवाला व्यवसायी तथा व्यक्तिहरूले थप जानकारी तथा दर्ताका लागि वडा कार्यालयमा सम्पर्क गर्नसक्ने बताइएको छ।

नगरपालिकाको सूचना :-


Published :पुस १८, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media