
काठमाडौं। नेकपा (एमाले) काठमाडौं महानगरपालिका वडा नम्बर ८ कमिटीले पशुपति क्षेत्रको मर्यादा उल्लंघन गरि दोहोरो मापदण्ड अवलम्वन गरिएको भन्दै विरोध जनाएको छ।
पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुलाइ आज एक विरोध पत्र हस्तान्तरण गर्दै उक्त कमिटीले पशुपति क्षेत्रको ‘कोर एरिया’ भित्र सवारी साधन निषेध गर्ने सर्वोच्च अदालतको फैसला र कोषको आफ्नै आन्तरिक नियमलाई लत्याउँदै भारतीय चलचित्रकर्मीहरू (सञ्जय दत्त, चंकी पाण्डे लगायत) लाई गाडीको लावालस्करसहित प्रवेश गराइनु तथा देशका राष्ट्रपति, प्रधानमन्त्रीलाई पनि नगरेको कार्पेट बिच्छ्याएर स्वागत गर्नु र मन्दिरको निषेधित क्षेत्रभित्र फोटो र भिडियो खिच्न दिइनु अत्यन्तै निन्दनीय र आपत्तिजनक कार्य भएको भन्दै आपत्ति जनाएको छ।
यस सन्दर्भमा उक्त कमिटीले निम्न प्रश्न र मागहरू अघि सारेको छ।
१) कानुनको समान कार्यान्वयनः के सर्वोच्च अदालतको आदेश केवल सर्वसाधारण भक्तजनका लागि मात्र हो ? शक्ति र पहुँच भएका विदेशी कलाकारका अगाडि नेपालको कानुन र अदालतको आदेश किन लाचार बन्छ ?
२) सांस्कृतिक मर्यादाको रक्षाः वर्षौंदेखि चलिआएको मन्दिर परिसरको मर्यादा र तस्बिर निषेधको नियम सेलिब्रिटीका नाममा किन तोडियो ? यसले आम भक्तजनको भावनामा गहिरो चोट पुऱ्याएको छ ।
३) विभेदकारी नीतिः आफ्नै देशका वृद्ध, अशक्त र असहाय भक्तजनलाई पैदल हिँड्न बाध्य पार्ने तर विदेशी कलाकारलाई गर्भगृह नजिकै गाडीमा लैजाने कोषको यो ‘विभेदकारी र दास मानसिकता’ तत्काल बन्द गरियोस् ।
विरोध पत्र :-
