
बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिका नगर युवा परिषदका नवनियुक्त कार्यकारी उपाध्यक्ष शिरिष पौडेलको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। बुढानीलकण्ठ नगरपालिका नगर युवा परिषदका अध्यक्ष एवं नगर प्रमुख मिठाराम अधिकारीले पौडेललाई आज सपथ ग्रहण गराएका छन्।
त्यसैगरी बुढानीलकण्ठ नगरपालिका नगर युवा परिषदका संस्थापक कार्यकारी उपाध्यक्ष रुपेश भट्टराईलाई आजै विदाई गरिएको छ।उनले दुइ पटक उक्त जिम्वेवारी सम्हालेका थिए ।
