
बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिका वडा नं. ९ कार्यालयले सुरक्षासँग सम्बन्धित Cyber crime, वित्तीय सुरक्षा, बैकिङ कसुर लगायतका विविध विषयहरूमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
बुढानीलकण्ठ नगरपालिका वडा नं. ९ कि वडाध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर उपप्रमुख अनिता लामाको प्रमुख आतिथ्यता एवं प्रहरी नायव महानिरीक्षक (DIG) ओम प्रसाद अधिकारीको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रवक्ता नवराज भट्टराई, महाराजगंज प्रहरी वृतका डि एस पी निरन्जन थापा,प्रहरी निरीक्षक योगेन्द्र कुमार शाह, नगर कार्यपालिका सदस्य सानु सिवा, वडा सदस्यहरु- रमेश कुमार गौतम, श्याम कार्की तथा सुमी परियार लगायत राष्ट्रसेवक कर्मचारीहरु , सुरक्षाकर्मीहरु, स्थानीय उधमी एवं व्यवसायी नागरिकहरुको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रहरी निरीक्षक योगेन्द्र कुमार शाहले Cyber crime, वित्तीय सुरक्षा, बैकिङ कसुर लगायतका विविध विषयहरूमा प्रशिक्षण सहितको प्रस्तुति दिएका थिए।
बुढानीलकण्ठ नगरपालिका वडा नं. ९ स्थित मण्डिखाटार GATE College मा आयोजित कार्यक्रममा वडा सदस्य रमेश कुमार गौतमले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर उपप्रमुख अनिता लामा,प्रहरी नायव महानिरीक्षक (DIG) ओम प्रसाद अधिकारी,महाराजगंज प्रहरी वृतका डि एस पी निरन्जन थापा तथा बुढानीलकण्ठ नगरपालिका वडा नं. ९ कि वडाध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेले आफ्नो मन्तव्य राखेका थिए।
कार्यक्रममा भर्खरै प्रहरी नायव महानिरीक्षक (DIG) मा बढुवा भएका बुढानीलकण्ठ नगरपालिका वडा नं. ९ का स्थानीय ओम प्रसाद अधिकारीलाइ वडा कार्यालयको तर्फबाट सम्मान गरिएको थियो।
कार्यक्रममा सहभागीहरुले अन्तरक्रिया कार्यक्रम अत्यन्त प्रभावकारी रहेको भन्दै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रम वडा एवं नगर स्तरवाट संचालन गरिराख्नुपर्ने बताएका थिए।


