काठमाडौँ-४ को निर्वाचन अधिकृतको कार्यालय बुढानीलकण्ठ- २ स्थित जेष्ठ नागरिक भवनमा

काठमाडौं । जिल्ला निर्वाचन कार्यालय, काठमाडौँ निर्वाचन क्षेत्र नं. ४ को निर्वाचन अधिकृतको कार्यालय बुढानीलकण्ठ नगरपालिका वडा नं. २ स्थित जेष्ठ नागरिक भवनमा स्थापना गरिएको छ। जिल्ला निर्वाचन कार्यालय, काठमाडौँको पत्राचारअनुसार कार्यालय स्थापना गर्न आवश्यक फर्निचर, कम्प्युटर लगायतका सामग्रीहरूको व्यवस्था बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा गरिएको हो।

कार्यालय स्थापना कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख, उप–प्रमुख, काठमाडौँ निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत पर्ने बुढानीलकण्ठ नगरपालिकाका वडा अध्यक्षहरू, विभिन्न राजनीतिक दलका नगर कमिटीका सभापति/अध्यक्ष तथा प्रतिनिधिहरू, साथै नगरपालिकाका कर्मचारीहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले निर्वाचन प्रक्रियालाई पारदर्शी, निष्पक्ष र प्रभावकारी बनाउन स्थानीय तह र निर्वाचन कार्यालयबीचको सहकार्य महत्वपूर्ण हुने धारणा व्यक्त गरेका थिए । नयाँ स्थापना गरिएको कार्यालयले मतदाता नामावली व्यवस्थापन, निर्वाचनसम्बन्धी सूचना तथा अन्य प्रशासनिक सेवाहरू उपलब्ध गराउने बताइएको छ।

२०८२ साल फागुन २१ गते हुने निर्वाचनका लागि कृष्णा भण्डारीलाई निर्वाचन अधिकृत तोकिएको छ।


Published :माघ २, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media