बुढानीलकण्ठमा रुद्रमति (धोबीखोला) सरसफाइ कार्यक्रम शुरु

बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा रुद्रमति (धोबीखोला) सरसफाइ कार्यक्रम शुभारम्भ गरिएको छ। यहि माघ १५ गते देखि खोला स्वच्छ,सुन्दर र सुरक्षित राख्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको बुढानीलकण्ठ नगरपालिकाका वातावरण विभाग प्रमुख विनोद पाठकले जानकारी दिएका छन्।

उक्त सरसफाइ कार्यका लागि करिब ५० जना जनशक्ति नौलिनस्थान पूल, करुणा अस्पताल पूल, हाकुचा पूल तथा मितेरी पूल गरी चार स्थानबाट परिचालन गरिएको बताइएको छ।

कार्यक्रम अन्तर्गत खोलाभित्र जमेको माटोको डिस्को फोर्ने, खोलाको वालमा उम्रिएका झार–झाँडी उखेल्ने, बिहान ७ बजे देखि सरसफाईमा खटिएको सरसफाईकर्मीको नगरपालिकाले १५ दिनमा १ पटक स्वास्थ्य परिक्षण बुढानीलकण्ठ नगर अस्पतालमा गरिने भएको छ।

नगरप्रमुख मिठाराम अधिकारीका अनुसार रुद्रमति धोबीखोलाको सरसफाइ कार्य नियमित रूपमा हरेक वर्ष झैँ यस वर्ष पनि सुरु गरिएको हो। वर्षातको समय नजिकिँदै गर्दा यसरी समयमै खोला तथा नाला सरसफाइ गर्नाले खोला सुन्दर रहनुका साथै खोलाबाट हुन सक्ने जोखिमहरू नियन्त्रण गर्न सहयोग पुग्ने उनको भनाइ छ ।


Published :माघ २०, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media