
काठमाडौं । नेकपा एमाले बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० कमिटीले निर्वाचन केन्द्रित भेला एवं निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रम आयोजना गर्ने भएको छ।
यहि २०८२ साल माघ २४ गते, शनिबार बिहान ७ : ३० बजे कार्की इभेन्टसमा कार्यक्रमको आयोजना गरिने नेकपा एमाले बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० कमिटीका अध्यक्ष शम्भुशरण पौडेलले जानकारी दिएका छन्।
काठमाडौं क्षेत्र नं. ४ का नेकपा एमाले उम्मेदवार डा. राजन भट्टराइको विशेष उपस्थितिमा आयोजना गरिने उक्त कार्यक्रममा सहभागी हुन सम्पूर्ण आफ्ना नेता तथा कार्यकर्ताहरु सहित आम नागरिकहरुलाई नेकपा एमाले बुढानीलकण्ठ-१० ले आग्रह गरेको छ।
