पैदलयात्रीलाई कुटेको भिडियो भाइरल बनेका व्यक्ति बुढानीलकण्ठबासी !!!

राष्ट्रपाटी न्युज

फाल्गुन ६, २०८२

बुढानीलकण्ठ । पैदलयात्रीलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने कार चालक पारस बम रहेको प्रहरीले जानकारी दिएको छ। उनि बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा बसोबास गर्ने गरेको पाइएको छ।

काठमाडौं जिल्ला अदालतबाट दिन ७ (सात) को म्याद थप अनुमति लिइ सो घटना माथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। उनले चप्पल कारखाना अगाडि एक पैदलयात्रीलाई मुक्का हानेका थिए । पैदलयात्रीलाई मुक्का हानेको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान गरेको थियो ।

उनले पैदलयात्रीलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । कारबाट झरेका ती व्यक्तिले गाली गर्दै पिटेको देखिन्छ । त्यसपछि एक महिला आएर पनि गाली गरेको भिडियोमा सुनिन्छ ।


Published :फाल्गुन ६, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media