पाकिस्तानका राजदूत अब्रार एच. हाश्मी बुढानीलकण्ठ नगरपालिकामा

राष्ट्रपाटी न्युज

फाल्गुन २८, २०८२

बुढानीलकण्ठ। नेपालकालागि पाकिस्तानका राजदूत अब्रार एच. हाश्मी छलफलका लागि आज बुढानीलकण्ठ नगरपालिकामा आएका छन्।
आउटडोर जिम तथा खानेपानी व्यवस्थापन सम्बन्धी विषयमा छलफलका लागि उनि बुढानीलकण्ठ नगरपालिका आएको नगरपालिकाले जानकारी दिएको छ।

बुढानीलकण्ठ नगरपालिकामा नगरप्रमुख मिठाराम अधिकारी र पाकिस्तानका महामहिम राजदूत अब्रार एच. हाश्मीबीच भेटघाट तथा छलफल समेत सम्पन्न भएको छ ।

उक्त छलफलमा बुढानीलकण्ठ नगरवासीको स्वास्थ्य, सुविधा तथा जीवनस्तर सुधार गर्ने उद्देश्यले सम्भावित सहकार्यका विषयमा विचार–विमर्श गरिएको बताइएको छ।


Published :फाल्गुन २८, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media