
बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ मा निर्माण भएको फोहोर व्यवस्थापन सम्बन्धि विशेष प्रविधि र संरचना ग्रामिण स्वावलम्बन विकास केन्द्रले जनसुचना स्वावलम्बन पर्यावरण संरक्षण सहकारी लिमिटेडलाइ हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न भएको छ।
ग्रामिण स्वावलम्बन विकास केन्द्रको अग्रसरतामा निर्मित संरचनाहरु, मेसिनहरु लगायतका लाखौँ मुल्य बरावरका सामाग्रीहरु केन्द्रले आज विशेष समारोहका विच हस्तान्तरण गरेको हो। उक्त हस्तान्तरण कार्यक्रममा ग्रामिण स्वावलम्बन विकास केन्द्रको तर्फबाट परियोजना संयोजक नारायण निरौला र जनसुचना स्वावलम्बन पर्यावरण संरक्षण सहकारी लिमिटेडको तर्फबाट अध्यक्ष ज्ञानु कार्की थापाले हस्ताक्षर गरेका थिए।
बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा,प्रथम नगर प्रमुख उद्वव खरेल , वडा सदस्यहरु राम बिनोद लामिछाने, राजकाजी श्रेष्ठ , बुढानीलकण्ठ नगरपालिका वातावरण विभाग प्रमुख विनोद पाठक लगायत ग्रामिण स्वावलम्बन विकास केन्द्रका प्रतिनिधिहरु, जनसुचना स्वावलम्बन पर्यावरण संरक्षण सहकारी लिमिटेडका अध्यक्ष तथा पदाधिकारीहरु, राष्ट्रसेवक कर्मचारीहरु , पत्रकारहरु लगायत सहभागीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी,प्रथम नगर प्रमुख उद्वव खरेल,बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठ, सदस्य राम बिनोद लामिछाने,जनसुचना स्वावलम्बन पर्यावरण संरक्षण सहकारी लिमिटेडका अध्यक्ष ज्ञानु कार्की थापा ,ग्रामिण स्वावलम्बन विकास केन्द्रका प्रतिनिधि लगायतले आफ्नो मन्तव्य राखेका थिए।
उक्त संस्थाले फोहोर वर्गीकरण, पुनःप्रयोग र रिसाइकल प्रक्रिया मार्फत पुन प्रयोग गर्ने फोहोर जम्मा गरि बिभिन्न सामाग्रीहरु उत्पादन गर्ने गर्छ। वडा सदस्य राजकाजी श्रेष्ठको पारिवारिक स्वामित्व रहेको जग्गामा सम्झौता गरी उक्त संरचना निर्माण गरिएको हो।
