लिपुलेक मार्गमा भारत–चीन सहमतिप्रति कांग्रेसको गम्भीरआपत्ति

राष्ट्रपाटी न्युज

बैशाख २१, २०८३

काठमाडौं । नेपाली कांग्रेसले लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने विषयमा भारत–चीन बीच भएको सहमतिप्रति गम्भीर आपत्ति जनाएको छ।

सोमबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सहमहामन्त्री उदय शम्शेर राणाले उक्त सहमतिप्रति गम्भीर ध्यानाकर्षण भएको बताए । उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएको विषयमा पार्टीको अडान विगतदेखि नै स्पष्ट रहेको उल्लेख गरे ।

उनका अनुसार नेपाल सरकारले भारत र चीनलाई पठाएको कूटनीतिक नोटलाई पार्टीले सकारात्मक रूपमा लिएको छ। सुशील कोइराला नेतृत्वको सरकारले वि.सं. २०७२ सालमा पहिलोपटक कूटनीतिक नोट पठाएको स्मरणसमेत उनले गराए ।
राणाले सीमासम्बन्धी विवाद कूटनीतिक संवादमार्फत समाधान गर्नुपर्नेमा पार्टी स्पष्ट रहेको बताए । साथै, सरकारले हालै जारी गरेका अध्यादेशप्रति पनि ध्यानाकर्षण भएको उल्लेख गर्दै आवश्यक परे सुशासन कायम गर्न पार्टी सहयोग गर्न तयार रहेको उनले बताए । उनले अध्यादेश जारी गर्दा संसदीय सर्वोच्चताको ख्याल नगरेको टिप्पणीसमेत गरे


Published :बैशाख २१, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media