
काठमाडौं । सरकारले निजामति कर्मचारी र स्वास्थ्यका गरी १२ वटा ट्रेड युनियनको दर्ता खारेज गरेको छ । खारेज भएका युनियनमध्ये ८ वटा निजामती कर्मचारी र चार वटा स्वास्थ्यकर्मीका ट्रेड युनियन छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले १२ वटा ट्रेड युनियन दर्ता खारेज गर्ने निर्णय गरेको हो ।
विभागमा दर्ता भई क्रियाशिल सबै राष्ट्रियस्तरको निजामती कर्मचारीहरुको ट्रेड युनियन र राष्ट्रियस्तरको स्वास्थ्य सेवाका कर्मचारीहरुको ट्रेड युनियन संवत् २०८३ सालको अध्यादेश नम्बर ०७ ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ को आधारमा को पञ्जिकाधिकारीको २३ गतेको निर्णयबाट खारेज भएको विभागका प्रवक्ता ई। मणिनाथ गोपले जानकारी दिए ।
