
बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिका वडा नं. १ को कार्यालयले इतिहास रचेको छ । आन्तरिक प्रक्रिया सुधार, गुणस्तरीय सेवा प्रवाह र दृढ संस्थागत प्रतिबद्धताको आधारमा उक्त वडाले अन्तर्राष्ट्रिय मापदण्डको प्रतिष्ठित ISO 9001:2015 प्रमाणपत्र हासिल गर्न सफल भएको छ।
यहि वैशाख २५ गते बिहान ७ बजे वडा कार्यालयको आफ्नै प्राङ्गणमा एक विशेष कार्यक्रमको आयोजना गरी उक्त प्रमाणपत्र औपचारिक रूपमा हस्तान्तरण गरिएको छ ।
गुणस्तरीय सेवा प्रवाह, सुशासन र संस्थागत सुधारको बलमा वडा कार्यालयले अन्तर्राष्ट्रिय मापदण्डमा आफूलाई स्थापित गर्दै Quality Austria र IQNET को संयुक्त मान्यता आर्जन गरेको छ।
बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सुरेन्द्र लामाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बागमती प्रदेश सरकारका श्रम तथा रोजगार मन्त्री जयराम थापा प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए भने बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी,उप-प्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला,वडाध्यक्षहरु तथा जनप्रतिनिधिहरु, सम्बद्व संस्थाका प्रतिनिधिहरु लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।
