
काठमाडौं । श्रम संस्कृति पार्टी बागमती प्रदेश समितिले सुकुमबासी तथा अव्यवस्थित बसोबासमाथि राज्यले दमन गरेको आरोप लगाउँदै काठमाडौंको माइतीघर मण्डला मा प्रदर्शन गरेको छ।
“यो देश गरीबको पनि हो” भन्ने नारासहित आयोजित प्रदर्शनमा सहभागीहरूले सुकुमबासीमाथि भइरहेको भनिएको बलपूर्वक हटाउने कार्य रोक्न, वैकल्पिक व्यवस्थासहित पुनःस्थापनाको नीति लागू गर्न तथा आवासको अधिकार सुनिश्चित गर्न माग गरेका थिए।
प्रदर्शनकारीहरूले राज्यले कमजोर वर्गप्रति विभेदपूर्ण व्यवहार गरेको आरोप लगाउँदै भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन नीति बनाएर समाधान गर्नुपर्ने बताएका छन्।
कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताले सरकारलाई गरीब तथा विपन्न समुदायको अधिकार संरक्षण गर्न आग्रह गर्दै दमनकारी शैली त्याग्न चेतावनी दिएका थिए।