राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सचिवमा अधिकारी नियुक्त

राष्ट्रपाटी न्युज

बैशाख ३०, २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा अधिकारीलाई नियुक्त गरेका हुन् ।

सभामुखको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम अधिकारीलाई प्रतिनिधिसभा सचिवमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।

यसअघि सभामुखको सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधि सभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका थिए। राई पदमुक्त भएपछि सचिवमा अधिकारी नियुक्त भएका हुन्।


Published :बैशाख ३०, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media