
बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिकाले आयोजना गरेको भिडियो प्रतियोगिताका विजयीहरुलाई आज एक विशेष समारोह विच पुरस्कृत गरेको छ।
बुढानीलकण्ठ पर्यटन बोर्डद्वारा आयोजित बुढानीलकण्ठ भिडियो प्रतियोगिता २०८३ को नतिजा आज सार्वजनिक गरिएको छ। बुढानीलकण्ठ खुल्ला भिडियो प्रतियोगितामा १९ जनाले भाग लिएका थिए । जसमा रञ्जित श्रेष्ठ प्रथम, गोपाल बिक द्वितीय र प्रतीक क्षेत्री, अमृत श्रेष्ठ तृतीय भएका छन् । प्रतियोगितामा प्रथम हुने रञ्जित श्रेष्ठले १ लाख ३३ हजार, द्वितीय हुने गोपाल बिकले रु ७५ हजार तथा तथा तृतीय हुने प्रतीक क्षेत्री र अमृत श्रेष्ठले रु ५०-५० हजार पुरस्कारसहित प्रमाणपत्र तथा Paliswa Restaurant को तर्फबाट गिफ्ट भौचर पाएका छन् ।
बुढानीलकण्ठ पर्यटन बोर्डका अध्यक्ष अर्जुन प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीको प्रमुख अतिथितिको रुपमा रहेका थिए भने उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, बुढानीलकण्ठ ३ का वडाध्यक्ष आकाश धिताल, बुढानीलकण्ठ ६ वडाध्यक्ष रवि खड्का लगायत जनप्रतिनिधिहरू,बुढानीलकण्ठ पर्यटन बोर्डका पदाधिकारीहरु,राष्ट्रसेवक कर्मचारीहरु, सञ्चारकर्मीहरू, प्रतियोगितामा सहभागीहरु लगायतको उपस्थिति रहेको थियो।