
काठमाडौं । नेपाली कांग्रेस को १५औँ केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै सभापति शेरबहादुर देउवा पक्षका नेता–कार्यकर्ताले अनामनगरमा सम्पर्क कार्यालय स्थापना गरेका छन्।
वैशाख महिनादेखि सञ्चालनमा ल्याइएको उक्त कार्यालय विभिन्न जिल्लाबाट आउने नेता तथा कार्यकर्तासँग भेटघाट, छलफल र बैठकका लागि प्रयोग गरिने बताइएको छ।
कांग्रेस महासमिति सदस्य मनोहरी श्रेष्ठका अनुसार विभिन्न जिल्लाबाट काठमाडौं आउने साथीहरूलाई भेटघाट तथा समन्वयका लागि सहज वातावरण बनाउन सम्पर्क कार्यालय स्थापना गरिएको हो।