आईपीएलमा मुम्बईविरुद्ध कोलकाताको जित

राष्ट्रपाटी न्युज

जेष्ठ ७, २०८३

काठमाडौँ । मनीष पाण्डेको उत्कृष्ट ब्याटिङको मद्दतले कोलकाता नाइट राइडर्स (केकेआर) ले इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सलाई चार विकेटले पराजित गरेको छ ।

इडेन गार्डेन्समा बुधबार राति भएको खेलमा मुम्बईले दिएको १४८ रनको लक्ष्य कोलकाताले १८.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । ७ बल बाँकी छँदै लक्ष्य पछ्याउने क्रममा कोलकाताका लागि मनीष पाण्डेले ३३ बलमा ४५ रनको महत्त्वपूर्ण इनिङ खेले । उनी खेलको ‘प्लेयर अफ द म्याच’ बने ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रन मात्र बनाएको थियो ।

यो जितसँगै कोलकाताले अन्तिम खेल अगाडि १३ अंक जोडेको छ । कोलकाता तालिकाको छैटौं स्थानमा छ । नवौं स्थानमा रहेको मुम्बई आठ अंकमा सीमित छ ।


Published :जेष्ठ ७, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media